जुम्लाबाट खोले ज्ञानेन्द्र शाहीले संसदको ढोका

लोकपथ
169
Shares

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) प्रतिनिधि सभा सदस्य निर्वाचनमा फराकिलो मतले निर्वाचित भएका छन् ।

उनले २२ हजार ८ सय १९ मत प्राप्त गर्दै एउटा मात्र क्षेत्र रहेको जुम्लाबाट संसदीय ढोका खोलेका हुन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार ज्ञानेन्द्र शाहीका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरिन् ।

त्यस्तै, एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५ सय २८ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?