बझाङबाट एकीकृत समाजवादीका जोशी विजयी

लोकपथ
390
Shares

बझाङ। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् ।

बिहीबार बिहान आएको अन्तिम परिणाम अनुसार जोशीले एमालेका ऐन महरलाई ९ सय ९८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

जोशीले २८ हजार १४३ मत ल्याएका छन् । यता एमालेका महरले २७ हजार १४५ मत पाएका छन् ।

उनीहरूबीच ९९८ मतको फरक रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?