काठमाडौं । धनुषा निर्वाचन–३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् ।
उनले १७ हजार २९ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पच्छ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया