कोस्टारिकाको पोष्टमा स्पेनले वर्षायो ७ गोल

लोकपथ
507
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले शानदार शुरुआत गरेको छ । बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले पराजित गर्दै स्पेनले शानदार शुरुआत गरेको हो ।

विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । त्यस्तै, डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक एक गोल गरे ।

जितसँगै स्पेनले ३ अंक जोडेको छ । समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?