राप्रपाले पनि कटायो समानुपातिकमा १ लाख मत, कुन पार्टीको कति मत आयो ?

लोकपथ
1.1k
Shares

काठमाडौं । आइतबार सम्पन्न आम निर्वाचनको प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा राप्रपाले पनि एक लाख कटाएको छ ।

जारी मतगणनामा राप्रपाले १ लाख ५ हजार मत पाउँदै छैटौँ स्थान बनाएको हो । यस्तै पहिलो स्थानमा रहेको एमालेले ३ लाख ६७ हजार, दोस्रोमा रहेको कांग्रेसले ३ लाख ८४ हजार, तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ९३ हजार तथा पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६१ हजार मत पाएको छ ।

यस्तै जसपाले ४३ हजार, नेमकिपाले ३१ हजार, जनमतले २४ हजार तथा एकीकृत समाजवादी पार्टीले जम्मा २२ हजार मत पाएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले १५ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?