काठमाडौं । हुम्लामा चार दिनपछि मतगणना शुरु भएको छ । साँझ ७ बजेदेखि मतगणना हुने भनिए पनि ढिलो गरी शुरु भएको हो ।
अहिले बेलुकी ८ बजेदेखि प्रदेश निर्वाचन ‘१’ को ताजकोट गाउँपालिकाको वडा नं १ मा रहेको भैँसामाझको जनप्रकाश आधारभूत विद्यालयको मतदान केन्द्रको मतगणना शुरु भएको हो ।
यस मतदान केन्द्रमा चार सय १५ मत खसेको थियो । यो क्षेत्रको प्रदेशसभा र प्रतिनिधिसभा मतगणना शुरु भएको हो । मतगणना सम्पन्न हुन दुई दिनभन्दा बढी लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया