झापा-२ बाट एमालेका देवराज घिमिरे विजयी

लोकपथ
154
Shares

काठमाडाैं । झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे विजयी भएका छन् । घिमिरे आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाएका छन् । त्यस्तै, गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?