जर्मनीमाथि जापानको शानदार जित

लोकपथ
936
Shares

काठमाडौं । जापानले शानदार जित हात पारेको छ । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले शानदार जित हात पारेको ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।

जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।

जर्मनी पुछारमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?