बारा ४ (ख) मा जितेन्द्र सोनल निर्वाचित

लोकपथ
245
Shares

बारा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनल बारा क्षेत्र नम्बर ४ (ख) बाट मधेश प्रदेशका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

सता गठबन्धनको साझा उम्मेदवार नेता सोनलले १२ हजार १८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य आत्माराम साहले सात हजार ६०९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश कुश्वाहाले छहजार ४८० मत प्राप्त गरेका छन् ।

लोसपा मधेश प्रदेश समितिका अध्यक्ष समेत रहेका नेता सोनल यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी मधेश प्रदेश सरकारमा भौतिक मन्त्री पनि समेत रहेका थिए । निर्वाचनपछि पत्रकारसँग कुरा गर्दै उनले मधेशको समग्र विकासमा आफ्नो योगदान रहने प्रतिकृया दिए । उनले भने, ‘यसअघि थुप्रै कामहरु सुरु भएका थिए, ती अधुरा कामहरु पूरा गर्नेछौं ।’

लोकतन्त्र र संघीयताको प्राण हो प्रदेश सभा यसलाई अझै बलियो बनाउनु पर्ने बताउँदै उनले प्रदेशले गणतन्त्रका परिचय दिएको कारण त्यसलाई अझै बलियो बनाउनुपर्ने प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?