गोरखा । गोरखा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित निश्चित भएको छ ।
पछिल्लो परिणाम अनुसार प्रचण्डले २१ हजार ७५ मत ल्याएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मतसहित पच्छयाइरहेका छन् ।
प्रचण्ड र बुर्लाकोटीबीचको अन्तर १२ हजार ६ सय १२ रहेको छ ।
अब सो क्षेत्रमा १२ हजार ५७१ मत गणना हुन बाँकी रहेको छ ।
यता नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् ।
सो क्षेत्रमा ५३ हजार ९७८ मत खसेको थियो ।
यसअघि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रचण्ड मंसिर ४ को निर्वाचनका लागि सुरक्षित स्थानको खोजीमा गोरखा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया