झापा । झापा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
बुधबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार शर्मा १४ हजार २ सय ७५ मतान्तसहित निर्वाचन भएका हुन् ।
शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन् ।
शर्माले यसअघि २०७० सालको पहिलो प्रतिनिधि सभा निर्वाचन र २०७४ को आम निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए ।
शर्माको यो प्रतिनिधि सभाका निर्वाचनको तेस्रो प्रयास हो ।
एमालेको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा कांग्रेसले पहिलोपटक निर्वाचन जितेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया