६ हजारको मतान्तरसहित ओखलढुंगाबाट रामहरि खतिवडा निर्वाचित

लोकपथ
259
Shares

ओखलढुंगा । एउटा मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा ६ हजार बढीको मतान्तरसहित निर्वाचित भएका छन् ।

केहीबेरअघि सार्वजनिक अन्तिम परिणाम अनुसार खतिवडाले ३३ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमाले उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा कुल ६४ हजार ८ सय ९६ मत खसेको थियो । जसमा २ हजार ३ सय ११ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?