उदयपुर २ को प्रदेश सभा (१) मा बुर्जामगर विजयी

लोकपथ
0
Shares

उदयपुर । उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ को प्रदेश सभा (१) सदस्यमा माओवादी केन्द्रका नारायण बुर्जामगर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका देवराज राईलाई ३५ मतले हराउँदै बुर्जामगर विजयी भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सहायक निर्वाचन अधिकृत देवराज भट्टराइका अनुसार निर्वाचित बुर्जामगरले आठ हजार १०५ मत ल्याए भने राईले आठ हजार ७० मत प्राप्त गरे । बुर्जामगर ०७४ मा पनि यही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?