उदयपुर २ (ख) मा कांग्रेसका खत्री निर्वाचित

लोकपथ
104
Shares

उदयपुर । उदयपुर क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य (ख) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । खत्रीले निकटतम प्रतिस्पर्धी एमालेका जीवनाथ दाहाललाई ३ हजार ३९१ मतान्तरले हराएका हुन् । खत्रीले १२ हजार ६२७ र दाहालले ९ हजार २३६ मत पाएका सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले जानकारी दिए ।

कटारी नगरपालिका र ताप्ली गाउँपालिका समेटिएको यस प्रदेशमा ५० हजार ७४ मतदाता रहेकोमा २७ हजार १९२ मतदाताले मतदान गरेका थिए । ६ जना उम्मेदवार रहेको यस क्षेत्रमा १ हजार १५८ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?