बागलुङ । बागलुङ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्र बहादुर केसी निर्वाचित भएका छन् ।
बुधबार आएको अन्तिम परिणाम अनुसार केसीले २१ हजार ४५१ मत ल्याएका छन् ।
केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् ।
पाठक यसअघि सो क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया