बाँके–२ को प्रदेशसभाका दुबै सिटमा जसपाको जित

लोकपथ
104
Shares

बाँके । बाँके क्षेत्र नम्बर २ अन्तर्गतका प्रदेशसभा तर्फका दुबै सिटमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । बाँके–२ को प्रदेशसभा १ मा जसपाका भण्डारीलाल अहिर निर्वाचित भएका छन् । भण्डारीलाल अहिरले ११ हजार ५०४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजयबहादुर यादवले ९ हजार ३५८ मत पाए ।

यस्तै, नेपाली कांग्रेसका राजकुमार कुर्मीले ८ हजार ७३१ मत पाए । त्यस्तै, प्रदेशसभा २ मा जसपाका आदेशकुमार अग्रवाल ८ हजार २४६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका निरकबहादुर गुरुङले ६ हजार ७०९ मत ल्याएर पराजित भए । कांग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार २४७ मत ल्याउँदै तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?