ओखलढुंगाको मतगणना अन्तिम चरणमा : ६ हजारको अग्रतामा खतिवडा

लोकपथ
518
Shares

ओखलढुंगा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टिकाराम आचार्यले लोकपथलाई दिएको जानकारी अनुसार हालसम्म नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर सुनुवारले २३ हजार ३ सय ८० मत रहेको छ ।

यसरी खतिवडा र सुनुवारबीचको मतान्तर ६ हजार ३ सय ८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?