रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ति विजयी

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत हासिल गरेको छ । माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन् ।

उनले १२ हजार २६२ मतका साथ विजय हासिल गर्दा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?