काठमाडौं–६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले जित हासिल गरेका छन् ।

बुधबार दिउँसो सार्वजनिक अन्तिम परिणाम अनुसार खनालले १४ हजार २ सय ४ मतसहित जित हासिल गरेका हुन् ।
यता नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा यसअघि प्रधानले जितको थिए ।

मंसिर ४ को निर्वाचनमा कुल ३८ हजार ३ सय ८० मत गणना भएको थियो ।

योसँगै काठमाडौंका १० वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?