डोटी प्रदेशसभा ‘ख’ बाट माओवादीका शिवसिंह ओली निर्वाचित

लोकपथ
91
Shares

बैतडी । डोटी प्रदेश सभा ‘ख’ बाट नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली निर्वाचित भएका छन् । ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका टंकबहादुर बमले १३ हजार १२८ मत ल्याएर पराजित भएका छन् ।

प्रदेश सभा ‘क’ मा भने कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई पछि पार्दै एमालेका चक्रबहादुर मल्लले अग्रता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?