कास्की-३ प्रदेशसभा (१) मा एमालेका गुरुङ विजयी

लोकपथ
126
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् ।

पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्यायाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्यायाएका छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?