काठमाडौं-२ को दुवै प्रदेशमा राप्रपा विजयी

लोकपथ
532
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ ।

प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् ।

यसअघि काठमाडौं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए ।

समानुपातिक मतगणना शुरु

काठमाडौं क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना शुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?