गोकर्णलाई बधाई दिँदै झाँकीले भनिन्- ‘निर्वाचन रोमान्चक रह्यो’

लोकपथ
189
Shares

गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नं २ मा एमालेबाट निर्वाचित गोकर्ण विष्टलाई बधाई दिएकी छिन् ।

सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्री पराजित भएसँगै विष्टलाई बधाई दिँदै भनेकि छिन्, ‘यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु ।’

त्यसैगरी निर्वाचनबाट आफूले धेरै कुरा सिक्न पाएको भन्दै निर्वाचन रोमान्चक रहेको बताएकी छिन् । निर्वाचनको दौरानमा समाज र सामाजिक जीवनका विभिन्न पक्षको पिँधमा पुगेर बुझ्न पाएको बताइन् ।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साडे दुई दशकमा समाजलाई जसरी म्भउयष्तिष्अष्शबतष्यल (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु ।’

त्यसैगरी आफूलाई मत दिने र नदिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?