बाँके–३ प्रदेश सभा (क) मा एमालेका सचिव रत्न खत्री विजयी

लोकपथ
130
Shares

बाँके । बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार १५८ मत प्राप्त गरेर पूर्वराज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार ४६४ मत पाएका छन् । नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आइपी खरेलले १ हजार ९९५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?