काठमाडौं– ६ प्रदेश सभा (ख) मा एमालेका मास्के विजयी

लोकपथ
117
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ प्रदेशसभा –ख) मा नेकपा एमालेका उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले ८ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

यस्तै, नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले ३ हजार ५७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?