दिपिका–रणवीरको विवाहको तस्वीर किन गरियो डिलिट ?

यतिबेला दिपिका पादुकोण र रणवीर सिंहको नाम ट्वीटरमा ट्रेन्डिङमा छ भने सामाजिक सञ्जालमा उनीहरुका निमित्त ‘शुभकामना’को ओइरो लागेको छ ।

बलिउडका केही लोकप्रिय ‘स्टार कपल’ को सूचीमा पर्ने यी जोडी हिजो मात्र विवाह बन्धनमा बाँधिएका छन् । विवाह परिवारका सदस्य र अत्यन्तै नजिकका इइष्टमित्रहरुको उपस्थितिमा इटालीको एक रिर्सोटमा सम्पन्न भएको छ । 

यो विवाहका बारेमा सामाजिक सञ्जालमा अत्याधिक चर्चा परिचर्चा हुनुको कारण यो पनि हो कि उनीहरुको विवाहमा ‘रिपोर्टर्स’लाई जाने अनुमति दिइएको छैन । त्यस्तै विवाहमा संलग्न अतिथिहरुलाई समेत कुनै किसिमका तस्वीर पोस्ट नगर्न आग्रह गरिएको छ । 

भारतकी लोकप्रिय गायिका हर्षदीप कौरले विवाहमा संलग्न भएको एक तस्वीर आफ्नो ‘इन्स्टाग्राम’मा पोस्ट गरेलगत्तै ‘डिलिट’ गरिन् । तर, उनले त्यो तस्वीर ‘डिलिट’ गर्नुअघि धेरैले ‘स्क्रिनसट’ गर्न भ्याइसकेका थिए । सो तस्वीर अहिले इन्टरनेटमा भाइरल भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?