अस्ट्रेलियाविरुद्ध फ्रान्सको सानदार जित

अस्ट्रेलिया ४–१ गोलअन्तरले पराजित

लोकपथ
1k
Shares

काठमाडाैँ । फ्रान्सले कतारमा जारी विश्वकप फुटबलमा जित निकालेको छ । विश्वविजेता फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

कतारको अल जानौब रंगशालामा फ्रान्सको जितमा ओलिभर जिरुडले दुई गोल गरे । त्यस्तै, एड्रिन राविओट र केलियन एमबाप्पेले गोल गरे । यता, अस्ट्रेलियाका लागि क्राइग गोडविनले गोल गरेका थिए ।

खेलको सुरुआतमै १–० गोलले पछि परेको फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । फ्रान्सविरुद्ध अस्ट्रेलियाले नवौँ मिनेटमा नै गोल गरेको थियो । क्राइग गोडविनले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए ।

खेलको सुरुमै गोल खाएको फ्रान्सका लागि एड्रिन राविओटले २७औँ मिनेटमा गोल फर्काउँदै १–१ गोलको बराबरी दिलाए । समूह ‘डी’ मा रहेको फ्रान्सका लागि ओलिभर जिरुडले ३२औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए ।

पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको फ्रान्सले ६८औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाएका थिए । खेलको ७१औँ मिनेटमा ओलिभर जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४–१ गोलको फराकिलो जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?