बाँके-२ (१) मा जसपाका भण्डारीलाल यादव विजयी

लोकपथ
84
Shares

बाँके । बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी भएका छन् ।

यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् ।

बाँके क्षेत्र नं २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?