डडेल्धुरामा देउवा दोब्बर मतले अगाडि

लोकपथ
119
Shares

डडेल्धुरा । डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार एक सय १८ मत प्राप्त गरेका छन् ।

उनी सुरूआती चरणबाट नै अग्रस्थानमा रहेका छन् । प्रधानमन्त्री देउवालाई पछ्याउँदै आएका स्वतन्त्र उमेदवार सागर ढकालले आठ हजार छ सय मत ल्याएका छन् ।

अब १८ हजार नौ सय ६० मत गणना हुन बाँकी रहँदा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले चार हजार सात सय एक मत ल्याएर तेस्रो स्थानमा रहका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

दुई हजार ७२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपश्चात प्रदेशसभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?