समानुपातिकतर्फ एमालेको अग्रता कायमै, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा

लोकपथ
350
Shares

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम विवरणानुसार एमालेले एक लाख ५९ हजार ५० मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ३८ हजार चार सय ४६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७० हजार सात सय ९५ रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रको ६६ हजार नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार तीन सय ३५ र जनमत पार्टीको १२ हजार छ सय २६ रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १२ हजार एक सय ३८, नेपाल मजदुर किसान पार्टीको आठ हजार छ सय २१, नेकपा एकीकृत समाजवादीको आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको सात हजार आठ सय ३० र अन्यको ३२ हजार तीन सय १९ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?