काठमाडौं-८ मा स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठको जित निश्चित

लोकपथ
224
Shares

काठमाडौं । काठमाडौं ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विराज भक्त श्रेष्ठले ९ हजार ५ सय ४० मत पाएर अग्र स्थानमा रहेका छन् । हाम्रो नेपाल पार्टीमा सुमन सायमीले ५ हजार ७ सय ८३ मत पाएका छन् ।

अब २८६५ मत गन्न बाँकी रहेको छ । श्रेष्ठको सायमीसँगको मतान्तर नै ४ हजार भन्दा बढी भएकाले श्रेष्ठको जित निश्चित भइसकेको छ ।

त्यस्तै, एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ५ सय ४३ मत पाएका छन् भने एमालेका शिव सुन्दर राजवैद्यले ३ हजार २ सय २० मत पाएका छन् ।

हालसम्म २९ हजार ९२ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?