कांग्रेसकी हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गी निर्वाचित भएकी छन् ।खड्गीले ४ हजार ३ सय ५६ मत प्राप्त गरी विजयी भएकी हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गरे ।

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

काठमाडौं महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार सात सय १५ मत खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?