ईश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई

लोकपथ
147
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ का विजयी उम्मेदवार प्रदीप पौडेललाई बधाई दिएका छन् ।

निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले निर्वाचन विजयी नभए पनि भविष्यमा जनतासँगै सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने, विकास निर्माणका चाहना र आवश्यकतालाई सधैं उच्च प्राथिमकता राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ पोखरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?