रसुवा । रसुवाको प्रदेशसभा (२) को प्रत्यक्षतर्फको मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र) का इन्द्रप्रसाद गोतामे विजयी भएका छन् । उनले ८ हजार ५ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् ।
गोतामेका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तेम्व्रेल तामाङले चार हजार ८४ मत प्राप्त गरेका छन् । प्रदेशसभा (२) तर्फ १४ हजार पाँच सय ५८ मत खसेकामा तीन सय ५८ मत बदर भएको थियो ।
त्यसैगरी प्रदेशसभा (१) मा नेपाली कांग्रेसका प्रभात तामाङ निर्वाचित भएका छन् । यता प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया