काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापासँग अग्रता कायमै राखेकी हुन् ।
डिनाले २ हजार १ सय २४ मतको अग्रता बनाएकी छिन्डि भने गनीसँगको मतान्तर कम गर्न थापा संघर्षरत रहेका छन् । सो क्षेत्रमा कुल २५ हजार ५८ मत गन्दा डिनाले ९ हजार ५ सय ६९ मत पाएकी छिन् ।
कमल थापाले ७ हजार ४ सय ४५ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ४ हजार ६ सय ४४ मतसहित थापालाई पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया