पेनाल्टीमा चुक्दा पोल्याण्ड बराबरीमा

विश्वकप फुटबल

लोकपथ
286
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्डले मेक्सिकोसँग बराबरी खेल्दै अंक बाडेको छ ।

दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो ।

कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु परेको हो । खेलको ५८ औं मिनेटमा लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भए ।  उनको प्रहार मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?