काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेलले जनताको घरघरमा पुगेर बधाई ज्ञापन गर्ने बताएका छन् ।
निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पौडेलले विजय र्याली भन्दा पनि जनताको घरघरमा पुगेर धन्यवाद ज्ञापन गर्ने बताएका हुन् ।
‘हामी विजय र्याली गर्दैनौँ, हामीलाई मत दिने जनताहरुलाई घरघरमा पुगेर धन्यवाद दिन्छौँ ।’ पौडेलले भने ।
त्यसैगरी आफूहरुको जित केवल जित मात्रै नभएर समग्र काठमाडौं–५ का मतदाताहरुको जित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया