काठमाडौं-५ : कांग्रेसका प्रदीप पौडेल विजयी

लोकपथ
252
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरेका छन् । पोखरेलले १० हजार १ सय ७२ मतमा चित्त बुझाएका छन् ।

अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?