१५ मङ्सिर २०७९, बिहीवार

ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट

२०७९,मङ्सिर,६,मंगलवार २०:४६

279
Shares

काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरि बीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ ।

ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार २०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी

बागलुङ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मंसिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०
संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:१३