काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका बिमल कुमार ठकुरी विजयी भएका छन् । ठकुरीले एमालेका रामेश्वर फुयाँललाई पराजित गर्दै जित निकालेका हुन् ।
ठकुरीले २ हजार बढी मतान्तरले विजयी भएका हुन् । प्रदेश क मा पनि कांग्रेसका छिरिङ दोर्जे विजयी भएका छन् । त्यस्तै, प्रतिनिधि सभातर्फ पनि कांग्रेसका सन्तोष चालिसे फराकिलो अन्तरले अग्रता कायम गरिरहेका छन् ।
चालिसेले हालसम्म ११ हजार ९८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण राईले ९ हजार ८३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया