काठमाडौं–५ मा कांग्रेसका प्रदीप जितको नजिक, पोखरेल ४ हजार मतले पछि

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राखेका छन् ।

हालसम्म ३८ हजार २ सय ६४ मतको गणना गर्दा पौडेलले १२ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।

यता उनका निकटतम प्रतिद्धन्दी एमालेका ईश्वर पोखरेलले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । यसरी हेर्दा पौडेल पोखरेलबीचको मतान्तर ३ हजार ९ सय ३८ रहेको छ ।

सो क्षेत्रमा ४५ हजार ९ सय ८७ मत खसेको छ । अब ७ हजार ७ सय २३ मत गणना गर्न बाँकी रहेको छ ।

यसरी हेर्दा झण्डै ४ हजार मतको अग्रतामा रहेका पौडेलले जित निकाल्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?