काठमाडौं । शनिबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिको मतपरिणाम सार्वजनिक भएको छ ।
सोमबार साँझ पौने ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । जारी मतगणना अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ ।
यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ ।
निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५४ हजार ३१४ मत प्राप्त हुँदा माओवादी केन्द्रलाई ४७ हजार ६४१ मत प्राप्त भएको छ ।
यस्तै राप्रपाले २९ हजार ४८६, जसपाले ९ हजार ३७७, जनमत पार्टीले ८ हजार ७३७ र नेमकिपाले ७ हजार ८२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ती पार्टीलाई ६ हजार ४२२ मत प्राप्त भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ९०२ मत प्राप्त गर्दा अन्य पार्टीले २४ हजार २७३ मत प्राप्त गरेका छन् ।
अन्य स्थानको मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया