चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५ हजार ७ सय ९८ मत रहेको छ । त्यसैगरी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् ।
यसरी हेर्दा लामिछाने र पोखरेलको मतान्तर १ हजार ४ सय ५ मत रहेको छ ।
त्यसैगरी नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् ।
आइतबार शुरुवाती गणनामा लामिछानेले कम मत प्राप्त गरेका थिए । तर सोमबार दिउँसोबाट भने लामिछानेले अग्रता कायम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया