गुल्मी १ मा राति १० बजेदेखि मतगणना हुने

लोकपथ
126
Shares

गुल्मी । गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएको छ ।

गुल्मीको निर्वाचन क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा स्थिगित भएको मतदान मंगलबार पुनः गरिएको हो ।

मतदान सकिएपछि मतपेटीकाहरु सदरमुकाम तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए । सर्वदलीय बैठकपछि मंगलबार राति १० बजेदेखि नै मतगणना शुरु गरिने पौडेलले बताए । यस क्षेत्रमा ६९६८३ जनाले मदतान गरेका छन् ।

प्रतिनिधि सभातर्फ गुल्मी १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?