डडेल्धुरामा देउवाको दोब्बर मतको अग्रता : ब्यापक मत बदर

लोकपथ
189
Shares

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन् ।

उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । २३ हजार ३६१ मत गणना भईसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाएका छन् । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् ।
तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लल ३ हजार २९५ मत पाएका छन् ।

२३ हजार मत गणना हुँदा १ हजार ५११ मत भने बदर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?