साउदी अरेबियाको जितमा अर्जेन्टिना स्तब्ध

लोकपथ
533
Shares

काठमाडौं । अर्जेन्टिनाले शुरुवाती खेलमै हार व्यहोरेको छ । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै साउदी अरेबियासँग हार व्यहोरेको हो ।

मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा अर्जेन्टिनाले शुरुवाती अग्रता बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो खेलमै साउदीसँग हार्यो अर्जेन्टिना

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?