रसुवा प्रदेश सभा ‘क’ मा कांग्रेसका प्रभात तामाङ दोब्बर मतसहित निर्वाचित

लोकपथ
154
Shares

रसुवा । रसुवाको प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार प्रभात तामाङले दोब्बर मतसहित जित हात पारेका छन् ।

अन्तिम मतपरिणाम अनुसार तामाङले ८ हजार १ सय ८६ मतसहित जित हासिल गरेका हुन् ।

त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार कुलप्रसाद भट्टले ४ हजार ७ सय ४१ म्त प्राप्त गरेका हुन् ।

त्यसैगरी राप्रपाले ९५, हलो–९५, मादल–२३, बज्र – १७, कुखुराको भाले–१६०, चार कुने तारा–११ र घोडा चुनाव चिह्नले ३ मत प्राप्त गरेको छ ।
त्यस्तै बदर मत ३ सय ५८ रहेको छ ।

यता प्रतिनिधि सभामा नेपाली कांग्रेसकै मोहन आचार्यले अग्रता कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?