बुटवललाई ‘नो ड्रग जोन’ बनाइने

बुटबल–वडा प्रहरी कार्यालय बुटवलले बुटवललाई ‘नो ड्रग जोन’ बनाउने गरी नयाँ रणनीतिक योजना अगाडी बढाएको छ ।

बुटवलमा लागू औषधको नयाँ कारोवारी हुने सूचनाको आधारमा प्रहरीले उक्त योजना अगाडी बढाएको हो ।

भारतीय सीमा नाका वेलहियाबाट त्यहाँ वडा प्रहरी कार्यालय अञ्चलपुर लगायत विच विचमा प्रहरी कार्यालय र विट परिचालन भएको कारण वेलहिया बाट अहिले केही कम मात्रामा बुटवल लगायतका स्थानमा लागू औषधको कारोवार हुने गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरिक्षक हेम बहादुर केसीले बताए ।

पछिल्लो समयमा नवलरासीका विभिन्न नाकाहरु हुदै बुटवलमा लागु औषधको ट्रान्जिट पोईन्टको रुपमा बुटवल विकास हुदै गएको कारण यसलाई निस्तेज पार्न शुन्य सहनशिलताको अभियान अगाडी बढाइको प्रहरीको भनाइ छ ।

प्रहरीले नयाँ रणनीतिक योजना सहित टिम परिचालन गरेको छ भने महिला हिंसा, घरेलु हिंसा, लगायत लागु औषध प्रयोगलाई शुन्यमा झार्ने गरी नयाँ योजना बनाएको जनाएको छ।

वडा प्रहरी कार्यालय बुटवल गगतग असोज २४ गते देखि हाल सम्म गरेका कार्यहरुको बारेमा जानकारी दिन आयोजना गरिएको सञ्चारकर्मी भेटघाट कार्यक्रममा उनले ३४ वटा विभिन्न घटनामा सफलता प्राप्त गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?