सप्तरी । सप्तरी क्षेत्र नं २ प्रदेश सभा ‘क’ मा जनतम पार्टीका सतिस कुमार सिंहले जित हासिल गरेका छन् ।
केहीबेरअघि सार्वजनिक अन्तिम परिणाम अनुसार सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन् ।
यता लोसपाका सरोज कुमार मंडलले ६ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।
यसअघि सप्तरी–२ ख मा पनि जनमत पार्टीकै महेश यादवले जित हासिल गरेका छन् ।
सो क्षेत्रमा प्रतिनिधि सभातर्फ पनि जनमत पार्टीकै सीके राउतले अग्रता कायम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया