कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

लोकपथ
175
Shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । चौधरीले २३ हजार १२० मतसहित विजयी भएसँगै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतमा चित्त बुझाए । नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए । कैलाली क्षेत्र नम्बर ३ मा कुल ६३ हजार ४४० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?